Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव भन्छन् - ओलीले प्रधानमन्त्रीको प्रस्ताब गरे,प्रचण्ड भन्छन् - अब माधव हिरो ओली जिरो

माधव भन्छन् - ओलीले प्रधानमन्त्रीको प्रस्ताब गरे,प्रचण्ड भन्छन् - अब माधव हिरो ओली जिरो


  • 9.7K
    Shares

    माधव भन्छन् - ओलीले प्रधानमन्त्रीको प्रस्ताब गरे,प्रचण्ड भन्छन् - अब  माधव हिरो ओली जिरो

    काठमाडौ। नेकपा एमालेबाट निष्काशित विपक्षी गठबन्धनका नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् ।

    शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताए ।

    नेपालले भने : संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।


    नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे । आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गरे । उनले भने : मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।

    उनले भने–माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन। यो गठबन्धनमा कुनै धोका हुदैन ।

    उता प्रचण्डले भने  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने बताएका छन् । आफूले सर्वोच्च अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर केपी ओलीले दुष्प्रचार गरेको भन्दै उनले अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको बताए ।

    १४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने प्रचण्डको जिकिर छ । ओली आफैं अदालतमा सेटिङ गर्न अग्रसर भएको आरोप समेत प्रचण्डले लगाए ।

    शनिवार पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रियामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । उनले मुद्दामा आधारित भएर बनेको विपक्षी गठबन्धन लामो समयसम्म अघि बढ्ने बताए । उनले विदेशी हस्तक्षेपको बारेमा आफूहरुले संयुक्त विज्ञप्तिको दुई लाइनमा प्रष्ट लेखेको भन्दै आफूहरुलाई धेरै एक्सपोज नगर्न आग्रह गरे ।

    प्रचण्डले भने- यो गठबन्धन मुद्दामा आधारित भएर बनेको हो । शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन ।

    प्रचण्डले एमालेको वास्तविक नेता माधवकुमार नेपाल भएको भन्दै केपी ओली खस्किन थालेको बताए । उनले भने- एमालेको रियल लिडर माधवजी हो । केपी चै खस्किदैँछन् । उनका अनुसार अब केपी ओलीको भबिष्य छैन। 

    प्रकाशित मिति :आषाढ १२ २०७८ शनिवार - १७:०५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij