Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तलब र सुबिधा नबढाएपछि बाल विकास केन्द्रका शिक्षिका आन्दोलित

तलब र सुबिधा नबढाएपछि बाल विकास केन्द्रका शिक्षिका आन्दोलित


  • 10.9K
    Shares

    तलब र सुबिधा नबढाएपछि बाल विकास केन्द्रका शिक्षिका आन्दोलित

    काठमाडौ। उदयपुरको ताप्ली गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा कार्यरत शिक्षिकाहरू आन्दोलित भएका छन् । बाल विकासका शिक्षिकाको तलब सरकारले १५ हजार रुपैयाँ बनाए पनि गाउँपालिकाले कार्यान्वयन नगर्ने बताएपछि उनीहरू आन्दोलित भएका हुन् । 

     
    आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाल विकास केन्द्रका शिक्षिका, कार्यालय सहयोगी तथा लेखापालको तलब भत्ता मासिक १५ हजार रुपैयाँ पुर्याउने  घोषणा गरेका थिए । यसमध्ये केन्द्र सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार रुपैयाँ स्थानीय तहले व्यवस्थापन गर्ने गरी बजेट विनियोजन भएको थियो ।

     ताप्ली पालिकाभित्रका बाल विकासका शिक्षिकाले गाउँपालिकाका प्रमुख उद्धवसिंह थापालाई १५ हजार रुपैयाँ तलब भत्ता कायम हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । थापाले बजेट अभावका कारण यो वर्ष बाल विकासका शिक्षिकालाई १५ हजार तलब भत्ता उपलब्ध गराउन नसकिने बताएपछि उनीहरू आन्दोलित भएका हुन् । अरु केही गाउँपालिकाले समेत केन्द्रको निर्णय कार्यन्वयन नगरेपछि बालविकास शिक्षिका आन्दोलनमा छन्। 

    प्रकाशित मिति :आषाढ १२ २०७८ शनिवार - १६:१९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij