Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

राष्ट्रपतिलाई सांसद छुट्याउने अधिकार नभएको तर्क गर्दै आजको बहस सकियो, अब २ घण्टा ३५ मिनेटमात्र बाँकी

राष्ट्रपतिलाई सांसद छुट्याउने अधिकार नभएको तर्क गर्दै आजको बहस सकियो, अब २ घण्टा ३५ मिनेटमात्र बाँकी


  • 5.0K
    Shares

    राष्ट्रपतिलाई सांसद छुट्याउने अधिकार नभएको तर्क गर्दै आजको बहस सकियो, अब २ घण्टा ३५ मिनेटमात्र बाँकी
    images

    काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस आजका लागि सकिएको छ।

    प्रतिनिधि सभा विघटन मुद्दामा आज बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन हस्ताक्षार गर्ने सांसद कुन पार्टीको हो भन्ने छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको बताएका छन्। 

     सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले संविधानको धारा ७६ (५) प्रतिनिधि सभाका सबै सदस्यको अधिकार रहेको बताए। उनले त्यसमा दलीय ह्वीप नलाग्ने र यसमा राष्ट्रपतिले कुन सांसद कुन पार्टीको भनेर छुट्याउने अधिकार नभएको दाबी गरेका हुन्। 


    प्रधानमन्त्री केपी शर्मा ओलीले आधा घण्टाअघि प्रधानमन्त्रीमा दाबी छैन भन्ने तर संविधानमाथि जालझेल गरेर दाबी गरेको घिमिरेको भनाइ छ। 

    'राष्ट्रपतिले लिखित जवाफमा मलाई प्रधानमन्त्री बनाउने अधिकार छ भन्नु भयाे। याे अधिकार उहाँलाई छैन। याे वैकल्पिक सरकारकाे अवस्था हाे', उनले भने, 'देउवालाई प्रधानमन्त्री बनाउनू भनी परमादेश जारी गर्दै  प्रतिनिधि सभाकाे आगामी  प्रक्रिया सुरु गर्न आदेश जारी हाेस्।'
     
    शुक्रबारको बहसमा निवेदकका तर्फबाट दिनमणि पोखरेल, श्रीहरि अर्याल, सुनील पोखरेल, टिकाराम भट्टराईलगायत ६ जनाले बहस गरे। अब निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको भागमा २ घण्टा ३५ मिनेटमात्र बाँकी छ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १४:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij