Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिउँदै फालिएको अवस्थामा शिशु फेला

जिउँदै फालिएको अवस्थामा शिशु फेला


  • 7.2K
    Shares

    जिउँदै फालिएको अवस्थामा शिशु  फेला

    सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ ।

    वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् । 

    शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको उनले बताए ।

    स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १३:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij