Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१७ वर्षीया युवतीको गोली हानी हत्या

१७ वर्षीया युवतीको गोली हानी हत्या


  • 9.5K
    Shares

    १७ वर्षीया युवतीको गोली हानी हत्या

    काठमाडौं । रौतहटमा गएराति एक विवाहित युवतीको गोली प्रहार गरी हत्या भएको छ ।

    माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारीको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । गएराति ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

    घटनाबारे अनुसन्धान जारी रहेको र हालसम्म कोही पक्राउ नपरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाईले जानकारी दिए ।

    विवाहित अमृताको हत्या प्रेम सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ । गत वर्षको फागुनमा मात्रै विवाह गरेकी अमृता सम्बन्धबिच्छेद गरेर माइतीघरमा बस्दै आएको खुलेको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - ११:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij