Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सभापतिको उम्मेदवारबारे छलफल गर्न पौडेल पक्षको बैठक आज बस्दै

सभापतिको उम्मेदवारबारे छलफल गर्न पौडेल पक्षको बैठक आज बस्दै


  • 6.4K
    Shares

    सभापतिको उम्मेदवारबारे छलफल गर्न पौडेल पक्षको बैठक आज बस्दै
    images

    काठमाडौं । पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो सक्रियता बढाएका छन् ।

    नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठक आज बस्दैछ । पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज दिउँसो २ बजे बस्न लागेको एक नेताले जानकारी दिए ।

    महाधिवेशनमा सभापति बन्न सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफूपक्षीय छलफल बढाइरहेका छन् ।

    देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरी आगामी महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने जानकारी गराइसकेका छन् भने निधिले पनि आफ्ना पक्षका नेतासँग यसपटक आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

    यसै क्रममा पौडेल पक्ष पनि सक्रिय हुन लागेको हो । पौडेल पक्षमा ६ नेता पार्टीको सभापतिको आकांक्षी देखिएका छन् ।

    वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिरहेका छन्।

     

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १०:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij