Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु


  • 6.1K
    Shares

    पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु
    images

    रोल्पा । रोल्पामा अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परि घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

    गएराति साढे १२ बजेतिर आएको पहिरोमा परेर रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उहाँकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको मृत्यु भएको हो । 

    त्यही घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

    बिहानैदेखि टेलिफोनमा आएको समस्याका कारण थप विवरण आउन नसकेको र प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुग्नै लागेकाले थप विवरण आउन बाँकी रहेको केसीले बताउनुभयो ।

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १०:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij