Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

भिरबाट लडेर वडासदस्यको मृत्यु

भिरबाट लडेर वडासदस्यको मृत्यु


  • 4.5K
    Shares

    भिरबाट लडेर वडासदस्यको मृत्यु
    images

    जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ की वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ ।

    भिरबाट लडेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भेरी-२ डिंगास्थित घरबाट वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन बाहुनथाना जाँदै गर्दा नेपाली भिरबाट लडेर घाइते भएकी थिइन् ।

    घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् । रासस

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १०:२५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij