Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

छाति भित्रको आलो घाउमाथी संगिन धसिदा

छाति भित्रको आलो घाउमाथी संगिन धसिदा


  • 28.1K
    Shares

    छाति भित्रको आलो घाउमाथी संगिन धसिदा
    images

    अप्रेशन थिएटरमा काम सकिएप मलाई बेडरूममा लगिएछ । म क्याबिन नं ४ को बेडमा लम्पसार परिरहेको थिएँ । डियुटीका डाक्टर र नषर््ाहरु द्धारा पालै पालो घाउ, त्यसको  असर र दुखाई प्रकृतिको बारेमा आबश्यक सोधपुछ भईरहेको थियो । अत्यधिक मात्रामा एण्टीवायोटिक औषधी र इञ्जेक्शनहरुले शरीर सिथिल भइसकेतापनि घाउ नमज्जासंग चहराई रहेको थियो । मुश्किलले दुखाईको सामना गर्नु पर्दथियो । निश्चित साथीहरू केही आफन्त जनहरुलाई अप्रेशनको जानकारी गराईयो । त्यसको केही समय पछि एकजना साथी अत्यन्तै सावधानीपुर्वक मेरो बेडरूम क्याविन नं. ४ मा प्रवेश गर्नु भयो । एक–आपसमा अभिवादन साटासाट गर्दै हातहरु मिलायौं । अप्रेशन सफल भएकोमा बधाईदिंदै त्यसको असरको बारेमा सोधपुछ गर्नु भयो । मैले छोटकरीमा उत्तर दिएँ । बाहिर सडक र शहरमा ३ दिन देखी भड्किएको विद्रोहको साथै अन्य परिस्थितिको बारेमा थुप्रै जिज्ञासाहरु राख्ने मेरो आँतुरतालाई कुण्ठित बनाउदै उहाँले हतार–हतारमा आज रेडियो सुन्नुभयो’ प्रश्न गर्नु भयो । म झसंग भए । कहाँ के भयो ? उफ ! फेरी दोहोरी मुठभेडको नाममा कुन वस्तीहरुमा राक्षसी नाँच नाचियो ? फेरी कहा नरसंहार भयो ? मेरो मन मष्तिष्क भित्र आतंक र संत्रासको कालो बादल मडारिन लाग्यो । त्यहाँ उपस्थित हामी सबैका आँखा र मुखाकृतिहरु एक आपसमा प्रश् चिन्ह वनिरहेका थिए । म २÷३ दिनदेखी संचारबाट लगभग कटेको थिए । मैले अहँ सुनिन् भन्न नपाउँदै सिराहामा कुमार सरको हत्या भएछ साथमा सेरमान कुंवर लगायत अरुपति भन्दै घटनाको बारेमा प्रष्ट्याउनु भयो ।
    मलाई विश्वास लागेन । मैले तत्काल जनकपुर–सगरमाथा क्षेत्रीय कार्यालयमा सम्पर्क गरें । फुण्टीवाङमा १० दिनसम्म बसेको केन्द्रीय समितिको बैठक सकेर कार्यक्षेत्र तर्फ आउँदै गर्दा सिराहाको धन्छावारमा केन्द्रीय सदस्यद्वय क. विशाल (शेरमान कुबर) क. कमार (मोहन चन्द्र गौतम), क्षेत्रीय कार्यालयमा कार्यरत जिम्मेवार क. उमेश लगायत छ जना कमरेडहरु विहानको खाना खान लागेको अवस्थामा शाही जल्लाहादी सेनाहरुले, सुराकीको आधारमा सिंगो गाउँ घेरा हाली सक्छन् । घेरा साँघुरो अनाउँदै सेल्टरवाट सबै कमरेडहरुलाई कब्जामा लिई निर्ममतापूर्वक रुपमा घण्टौंसम्म शारिरिक एवं मानसिक यातना दिदै आत्मसमपर्ण गर्न धम्क्याउछन् । आँफुहरु दुश्मतको कब्जामा परिसकेपछि आत्मसमपर्ण गरेर राष्ट्र र जनताप्रति गद्दारी गर्नुभन्दा वलिदानी मृत्यु भित्र सुन्दर जीवन देख्ने दृढ क्रान्तिकारी योद्धाहरुलाई जल्लाहादहरुको त्रास र आतंकले झुकाउन सकेन । घण्टौं सम्मको पशविक एव क्रुर यातनाले गलाउन सकेन । बरु आँफुहरु जनता र राष्ट्रको सच्चा सेवक भएको प्रष्ट पार्दै हिम्मत भए छातीमा गोली ठोक भन्दै वर्गदुश्मनप्रति हुँकार छोड्नु भयो । आततायीहरुको जंगली राजको विरुद्ध तिब्र धृणा र आक्रोश व्यक्त गर्नुभयो । अन्तत्ः सबै कमरेडहरुलाई पालैपालो कञ्चटमा गोलीहानी हत्या गरिन्छ । यो पत्याउनै नसकिने तितो यथार्थ चियो । 
    यो पिडादायिक खबरले एक्कासि मेरो छाती निचोरियो । म सुतिरहेको बेड तलतल भासिए जस्तो, फनफनी धुमीरहे जस्तो अनुभुत भयो मलाई । मेरो गला अवरुद्ध भयो, हात लरबरायो । एउटा हातम सलाईनको सिरिन्ज थियो । मोबाइल सेटलाई मुश्किलले साथीको हातमा धमाएँ । त्यो वेला मध्यान्नको डोज औषधी खाने वेला भएको थियो । हातमा पानीको गिलास र औषधी लिएर मेरो नजिकै टुलमा बसिरहनु भएको जिवनसंगिनी क. मेनुकाले पनि हातको गिलासलाई टक्क टेबुलमा राख्दै प्रश्नसुचक दृष्टिले मेरो आँखामा हेरिरहनु भयो । केहीबेर सम्म हामीहरु एक अर्कोलाई निरिह आँखाहरूले हेरिरहयौं । न त एक अर्कोमा प्रश्न सोध्ने तथा केही कुरा बोल्ने हिम्मत थियो । न त त्यसको कुनै उत्तर नै । केवल भय संन्त्रास र आतंक मडारिईरहयो हामीमा । भर्खरैको वैवाहिक जीवनको न्यानो माया सहितको नजिकको सहयोग र सहकार्यमा पनि एक अर्कोमा एक्लाएक्लै भएको महसुस ग¥यौं हामीले एकाएक क्याविन नं. ४ मा स्तव्धता र अन्धकार छायो ।

    अधिल्लो दिनमात्र संवेदनशिल अप्रेशन गर्दा नमज्जासंग चहराईरहेको आलो घाउको पिंडाले सिंङ्गो कोठाभरि नै तोरीफूले जस्तो पिंडादावी अनुभूतीलाई सहायक बनाउदै मेरो छातीभित्र यति नरमाईलो घाउ लाग्यो मैले त्यसलाई शब्दहरुमा अभिव्यक्त गर्न सक्दिन । वर्गसंघर्षको पेचिलो यात्रामा लामो सहकार्यको क्रममा हजारौं आदरणीय एवं आत्मिय करमरेडहरुको श्रृखलावद्ध वलिदानको मुटुनिचोरिने खालको नमिठो पिंडाले एक पछि अर्को गर्दै छातिभित्र गहिरिदै गएको घाउ पुनः एकपटक संगिनको चुच्चाले खोतलिएको अनुभूत भयो मलाई । आदरणीय पाठक जनहरु । कति कष्ट हुन्छ नी, त्यो क्षणलाई जबरजस्त पचाउन ? जहाँ छाती भित्रको आलो घाउमाधी संगिन धसिन्छ ।

    मेरो मानसपटलमा विशाल कुमारसंगको सहकार्यको सम्झनाका तस्वीरहरु छालसरी मडारीन थाले । एकछिन अधिसम्मको स्तब्धतालाई चिर्दै म एका एक उद्धेलित हुन पुग्छु । आगोका यात्रीहरु भएको कारण पनि सबभन्दा बडी पिंडा घुण, आबेग, आक्रोश, र बिबेक हामीमा केन्द्रीत हुने रहेछ र विशिष्ठ अवस्थामा त्यो अभिब्याक्त पनि हुनेरहेछ । आदरणीय कमरेडहरुको शहादतले मलाई बिछिप्त मात्र बनाएन अपितु घाईते बाघ बनायो । मेरो दुबै मुठ्ठीहरु कसिए । नसाहरुमा छिटो छिटो रक्त सञ्चार भयो । शरिर तातो भयो । आदरणीय करमरेडहरुको हत्याको बिरुद्ध हस्पिटलकै छतमा गएर सडकतर्फ चिच्याउन मन लाग्यो र भन्न मन लाग्यो मलाई, ’खबरदार राष्ट्रमा नरभेध चलाउने कसाहीहरु हो । विशाल कुमारको हत्या गरेर जनाक्रान्तिको दनदनाउँदो दावानल लाई रोक्ने कोशिश नगर, बिशाल कुमारको बलिदान त लाखौं रक्तविज बनेर हुर्किरहनेछ । र तिमीहरुको अन्धकारको साम्राज्यलाई चिहानमा पादै धर्तिमा नयाँ विहान झुल्कनेछ ।’ तर अफसोच म त्यो अनुकुल अवस्थामा थिईन । एकातिर हातमा सलाईनको पाईप, अर्काे तर्फ निश्काशन पाइप शिथिल शरिर, भक्कानिएको मन । जलेको तन । वाह्यरुपमा पनि इराकमा १२ जना स्वाभिमानी नेपाली कामदारहरुलाई इराकी आतंककारीहरुले नृशंसपूर्वक हत्या गर्दा त्यसको विरुद्धमा देशभक्त युवाहरुको आकोशलाई दबाउन सहर र सडकमा शाही आतंक व्याप्त थियो । सडकहरुमा कर्फु आदेश जारी गरिएको थियो । मेरो वेडरुम भन्दा करिब ५०÷६० मिटर नजिक चोक र प्रत्येक चोक तथा गल्लीहरुमा आततायी सैन्य ट्याङ्क र वख्तरवद्ध गाडीहरु सहितको सशत्र सैन्य जत्थाको कडा पहारा थियो । सडकमा जनउपस्थिति सुन्य थियो । राईफलधारी हुलहरुमात्र गोलीको आवाजसंगै गल्ली–गल्लेहरुमा चिच्याउदै यता र उती दर्गुदथे ।

    मेनपावरहरु जलेको धुवाँ, अश्रुग्याँस र टायरको गन्धले वातावरणलाई कष्टपूर्ण बनाईरहेको थियो । टाउकै माथीबाट प्रत्येक ५÷१० मिनेटमा सिंगो सहर नै फन्को लगाउने आततायी सैन्य हेलिकप्टर र जासुसी विमानको कान नै टट्याउने कर्कश लाग्दो गस्ती तथा आधुनिक बन्दुकहरुबाट निस्कने गोलीको पर्राहरुको आवाज ले बातावरणलाई एकपछि अर्को आतंकमय बनाईरहेको थियो । त्यो बेला मरो घाउमा लगाउने कुनै भौतिक मलहम थिएन । न त मेरो आक्रोशलाई कस्ने कुनै भौतिक व्याण्डेज (पट्टी) नै थियो । त्यो बेला छातीभित्रको घाउ चिरफार गर्ने डक्टर र लगाउने मलहम पट्टी त स्वयं प्रचण्डपथ थियो । अनी म आफंै र मैले अपनाउने विवेकपुर्ण धैर्यता थियो । त्यसलाई कुन कोँणबाट आत्मसाथ गर्न सक्दथें त्यो नै म भित्रको पिँडा र आक्रोश कम वा बढी हुने माध्यम बन्दथ्यो । बास्तव मै क्याविन नं. चार उपचार कक्षमात्र नभएर पिडा र आक्रोशको संगम थलोे बन्यो ।

    आगोको लप्काहरुले सहर लपेटिरहेको थियो । धुवाँको मुस्लोहरुले सिंगो शहरलाई लुकाईरहेको थियो । धुवाँ धुलो र दुर्गन्धले ढाकिएको शहरको एक अधोषित याताना गृहबाट मेरो आँखामा दुईवटा दृष्यहरु संगसंगै नाच्न थाले । एउटा दोलखा जिल्लाको स्यामा गा. वि. स. स्थित पाथीभरा लेक र अर्को दोलखा कै शैलुङ्गेस्वरीको लेक । दोलखाको पाथीभरा लेक, जहाँ पुर्वाञ्चलको जनसेनाको प्रथम सैन्य शिविर सम्पन्न भएको थियो । १ महिना सम्म चलेको शैन्य शिविरका दृष्यहरु सहित क. विशालको खाईलाग्दो शाररिक वनावट सहितको तस्विर मेरो आखाँमा नाच्न थाल्यो । क. विशालसँग मेरो पहिलो भेट र परिचय त्यही सैन्य शिविरको क्रममा भएको थियो । ०५६ कार्तिक मंसिरमा सम्पन्न भएको कठिन फौजी अभ्यास सहितको उक्त सिविर पश्चात क. बिशाल कै नेतृत्वमा दोलखाको मेलुङ्ग प्रहरी चौकी माथी फौजी हमला गरिएको थियो र त्यही मोर्चामा एकजोडी कुशल कमाण्डरहरु क. शर्मा (उत्तर कुमार ठाडामगर, सिन्धुली) र (क. विशाल, काभ्रेपलाञ्चोकलाई एकै साथ गुमाउँदाको पिंडामा हप्तौसम्म हामी सैलुङ्गका पाखाभरी संग–संगै रोएका थियौ । त्यसैगरी अर्को दृष्य दोलखाकै शैलुङ्गेश्वरी गा.वि.स.मा सम्पन्न राजनैतिक प्रशिक्षण, जहाँ कमरेड् कुमारसंग मेरो पहिलो भेट र परिचय भएको थियो । आलोकको अवशान र आलोक प्रवृत्तिको उद्घाटन संगै नयाँ राजनैतिक वैचारिक भाव र दिशा निर्देश सहित सम्पन्न उक्त प्रशिक्षण पछि तत्कालिन सोलु ओखलडुंगा जिल्ला सेक्रेटरी, क. प्रतापले, “तपाईको सेक्रेटरी अब म होईन क. कुमार हो । हुन त म पनि तपाईको सेक्रेटरी नै हो तर मेरो कार्यक्षेत्र परिवर्तन भयो । अब सोलु ओखलडुंगामा क. कुमार आउनु भएको छ ।” भन्दै मुसुक्क मुस्कुराएर क. कुमारसँग आधिकारिक रुपमा परिचय गराउनु भयो । साथै जिल्ला कार्यालयको सम्पुर्ण कार्यभार सहित मलाई क. कुमारको जिम्मा लगाउनु भएको थियो । त्यसपछि सोलु ओखलढुंगामा क्रान्तिकारी पार्टी निर्माण, विस्तार र सुदृढ गर्ने क्रममा करिव छ वटा वसन्तहरु एक आपसमा नजिकको सहकार्य सहित संग–संगै वितायौं । आदरणीय क. कुमारसंगको त्यो लामो सहकार्य मेरो मानसपटलमा जिन्दगीभरी नमेटिने गरी गहिरो तथा ताजा स्मरण बनी कुँदिएको छ ।

    आदरणीय सहिदद्धय क. विशाल र क. कुमारसँगको सहकार्यलाई जति गहिराईका साथ सम्झन्छु, मेरो मानसपटलमा दुईबटा कोणबाट अनुभती हुने गर्दछ । एक त जिल्लाको विकट भुगोल, घात अन्तर्घातद्वारा छिया छिया भएको जिल्लाको जटिल राजनैतिक अन्र्तविरोध संगै दुश्मनको तिव्र दमनको वेला सेल्टरमा वस्दा पनि सिरकले मुख छोपेर खोक्नु पर्ने, राती राती मात्र हिंडडुल गर्नुपाईने जटिल अवस्थामा पार्टीले त्यहाँको क्रान्तिकारी राजनीतिलाई अधिवढाउन सम्पुर्ण शक्तिलाई नै त्यही केन्द्रीत गर्नुपरेको थियो । त्यो बेला सोलु–ओखलढुंगा र खोटाङमा कान्तिकारी पार्टी निर्माण, विकास र विस्तार गर्दै पुर्वमा फौजी मोर्चाहरुको ढोका खोल्ने ऐतिहासिक जुनवेसी फौजी कार्वाही, खानी भन्ज्याङ फौजी कार्बाही, धोबी ईलाका प्रहरी कार्यालयमाथीको हमला तथा ऐतिहासिक सोलुसल्ल्री कब्जा देखी रुम्जाटार स्थित सेनाको क्याम्पमाथी भिषण फौजी हमला लगायत पूर्वका दर्जनौं मोर्चा, एम्बुश, रेड लगायत ऐतिहासिक महत्वका वैचारिक र फौजी मोचाहरुमा संगै संगै दुश्मन विरुद्ध धावा वोल्दै पुर्वि पहाडी वस्तीहरुमा क्रान्तिकारी विचार तथा नीतिलाई स्थापित गर्ने क्रममा गहिरो भावानात्मक एकता सहित कमरेडली आत्मियताको गहिरो छाप । अर्को तर्फ जनक्रान्तिको निरन्तर यात्राको क्रममा हजारौं सहयोद्धा एवं आदरणीय कमरेड्हरुलाई गुमाएर पनि बाँकी बचेकाहरुले सहिदहरुको हातबाट खसेका बन्दुक र झण्डालाई विजयको शिखरमा फहराउन, वहाँहरुको अधुरा सदिक्षाहरुलाई पुरा गर्न वाकी यात्रामा दृढतापुर्वक अधि वढ्नु पर्ने विचारको पाटो ।

    माहान सहिद क. विशाल कुमारको व्याक्तिगत जीवनीलाई यो अंकमा समेट्न सकिएन, सम्भव भएमा छट्टा छट्टै लेख्ने कोशिस गर्ने छु तर मेरो स्मरणमा क. विशाल, क. कुमार फिक्कल र मरिणले जन्माएका जनक्रान्तिका एकजोडी कुशल कमाण्डर तथा हानाहार नेताहरु हुनुहुन्थ्यो । नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनको इतिहासमा भएका महत्वपूर्ण बलिदानहरुले तत्कालिन राजनीतिक एवं फौजी मोडलाई नयाँ उच्चाईमा उठाउन महत्वपूर्ण भुमिका खेलेको तथ्य जगजाहेर छ । कमरेड् रामवृक्ष यादवको वलिदानले जनयुद्धको सुरुवात गर्न मजबुत आधार निर्माण ग¥यो । महान सहिद क. सुरेस वाग्ले (वासु)को वलिदानले आधार इलाका निमार्ण र विस्तारको योजनालाई घनिभुत रुपमा स्थापित गर्दै तिव्र गतिमा अधि वढाउन प्रेरित ग¥यो । महान सहिद क. प्रतापको वलिदानले दुश्मन विरुद्धको राजनैतिक र फौजी प्रतिरोधलाई तिव्र विकास गर्दै नयाँ उचाईमा संशलेष्ण ग¥यो । त्यसै गरी रणनैतिक प्रत्याक्रमणको महान योजनालाई कान्वयन गर्ने क्रममा भएको केन्द्रीय सदस्यद्धय क. विशाल, क. कुमारको वलिदानले प्रत्याक्रमणको योजनालाई शसक्त बनाउदै नयाँ राजनैतिक समिकरणलाई स्थापित गर्दै दशवर्षे जनयुद्धको महानतालाई नयाँ उचाईमा संशलेषण गरेको छ ।

    महान सहिद क. विशाल र क. कुमार आज हामीबीच भौतिक रुपमा उपस्थित हुनुहुन्न । वहाँहरुको अनुपस्थितिमा पूर्वि पहाडी वस्तीहरुमात्र होईन सिंगो मुलुक शोकमग्न भएको छ । वहाँहरु महत्वपूर्ण कार्याक्रमहरुको अमुल्य व्यानर र झण्डा वनिसक्नु भएको छ । महान सर्वहारा बर्गिय आन्दोलनलाई अन्तिम विजयसम्म पु¥याउन सर्वहारा बर्गिय दर्शन र विश्वदृष्टिकोण बनी मालेमावाद र प्रचण्डपथमा परिणत भई हामी बाँचेकाहरुलाई युगौं सम्म वैचारिक मार्ग निर्देशन गरिरहनु हुनेछ । एक्काईसौं शताब्दीको विश्वक्रान्तिलाई सफल बनाउन मालेमावाद र प्रचण्डपथलाई चम्काउँदै, बिश्व सर्वहारा वर्गलाई युगौं युग सम्म मार्ग निर्देश गरिरहनु हुने महान सहिदहरुका अधुरा सदिक्षाहरुलाई पुरा गर्न वहाँहरुले देखाउनु भएको वलिदानी पुर्ण वाटोमा अविचलित रुपमा अधि वढ्नु नै सहिदहरु प्रतिको सच्चा श्रद्धा र सम्मान हुनेछ । आफ्नो छाती रंग्याएर सर्वहारा वर्गिय दर्शनमा नयाँ आयम थप्दै युगौं युग सम्म मार्ग निर्देश गरिरहनु हुने महान सहिद क. विशाल, क. कुमार, क. उमेश लगायत सम्पूर्ण महान अमर सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली एवं लाल सलाम । लाल सलाम । लाल सलाम ।। (भा–२०, सिना–सत्याकाण्डको सभानामी यात्रास्मरण)

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १५:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij