Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु, २ पुरूष र १ महिला

पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु, २ पुरूष र १ महिला


  • 10.7K
    Shares

    पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु, २ पुरूष र १ महिला

    पोखरा । कास्कीको पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा–१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको डा. शर्माले बताए । ७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १५:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij