Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु  

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु  


  • 3.9K
    Shares

    बसले मोटरसाइकललाई ठक्कर दिँदा  एक जनाको मृत्यु  
    images

    काठमाडौं । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

    सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक ९डिएसपी० निर्मल बुढाथोकीले जानकारी दिए ।

    गोर्खा भिमसेन थापा गाउँपालिका-८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर अस्पताल पुर्‍याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए ।

    मृतकका भिनाजु सीताराम परियार घाइते छन् । उनको उपचार भइरहेको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १२:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij