२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) फेरि बढेको छ । सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९० हजार ४०० कायम गरिएको थियो ।
तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ । दुई दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढेको छ । चाँदीको मूल्य पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij