Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश घोषणा


  • 7.9K
    Shares

    नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश घोषणा

    काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    आइतबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरि २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

    कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

    हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । 

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - ११:१५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij