Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

बाघको आक्रमणबाट एक जनाको ज्यान गयो


  • 4.7K
    Shares

    बाघको आक्रमणबाट एक जनाको ज्यान गयो
    images

    चितवन । चितवनको रत्ननगरमा बाघको आक्रमणमा परी एक जना महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका-५, मगरटोलकी ३२ वर्षीया गिता अधिकारीको सोमबार दिउँसो बाघको आक्रमणमा परी ज्यान गएको हो ।

    दिउँसो घरनजिकैको जनकौली मध्यवर्ति सामुदायिक निउँरो टिप्न गएको समयमा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सुर्य बहादुर थापाले जानकारी दिए ।

    अधिकारीको शव समयमै निकाल्न नसकेको भन्दै स्थानीयले निकुञ्जको पूर्वी सेक्टर सौराहमा रहेको कार्यालयका फर्निचरमा आगजानी तथा तोडफोड गर्दै प्रदर्शन गरेका थिए ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार हात्ती सहितको प्राविधिक टोलीले नंरभक्षी बाघलाई साढे चार बजे डार्ट गरी नियन्त्रणमा लिइएको छ ।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १०:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij