Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

९ वर्षीया बालिकाको बलात्कारपछि हँसियाले घाँटी रेटेर हत्या

९ वर्षीया बालिकाको बलात्कारपछि हँसियाले घाँटी रेटेर हत्या


  • 4.4K
    Shares

    ९ वर्षीया बालिकाको बलात्कारपछि हँसियाले घाँटी रेटेर हत्या
    images

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ की ९ वर्षीया शिवानी यादवको बलात्कारपश्चात् पोल खुल्ने डरले हत्या गरिएको तथ्य खुलेको छ ।

    यही असार ४ गते बिहान साढे ९ बजे स्थानीय शिवनाथ यादवको आँप बगैंचामा घाँटी रेटिएको अवस्थामा शिवानीको शव फेला परेको थियो । अनुसन्धान क्रममा उनको हत्या बलात्कारपछि गरिएको पत्ता लागेको हो ।

    हत्या आरोपमा आइतबार साँझ पक्राउ परेका स्थानीय १९ वर्षीय रोहित यादवले आँप टिप्न गएकी शिवानीलाई एक्लै भएको मौकाछोपी बलात्कार गरेको र शिवानीले आमालाई भनिदिने बताएपछि उनकै हातमा रहेको हँसियाले घाँटी रेटी हत्या गरेको बयान प्रहरीसमक्ष दिएका हुन् ।

    सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनापछि भारततर्फ भाग्न लागेको अवस्थामा उनलाई आइतबार साँझ सीमानजिकबाट आइतबार साँझ साढे ७ बजे पक्राउ गरिएको हो ।

    उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए ।

     

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १०:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij