२०८२ भाद्र २ गते सोमवार
चितवन । चितवनको खैरेहनी नगरपालिका-९ नमुना पेट्रोलपम्प नजिक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ वर्षीय अब्जल देवान रहेका छन् । उनी खैरहनी नगरपालिका-६ का हुन् । १ ख ६५८१ नम्बरको तेलको ट्याङकरले ना ४१ प ९८६२ नम्बरको देवानले चलाएको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो ।
ठक्करपछि उनी गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।ट्याङ्कर र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij