२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षीय जयराम चौलागाईलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
असार ५ गते बिहान बालिकाकी आमाले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएकी थिइन् । त्यसपछि प्रहरीले बालिकाको खोजी गरेको थियो । खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले असार ६ गते काठमाडौंको सुन्धाराबाट उनलाई फेला पारेको थियो ।
फेला परेकी बालिकाले आफूलाई डर त्रास देखाएर जबरजस्ती करणी गरेको बताएपछि प्रहरीले जयरामको खोजी गरेको थियो । ६ गते प्रहरीले जयरामलाई पक्राउ गर्न सफल भएको हो । बालिकाले असार ५ गते खाजा खान भन्दै युवकले भक्तपुरको एक गेस्ट हाउसमा लगेर धम्की दिएर जबरजस्ती करणी गरेको बयान दिएकी छिन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij