Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्‍यो यस्तो निर्णय

माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्‍यो यस्तो निर्णय


  • 5.7K
    Shares

    माओवादी केन्द्रको  केन्द्रीय समितिको आकस्मिक बैठकले गर्‍यो यस्तो निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ ।

    आज (सोमबार) बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ ।

    आज (सोमबार)को बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको छ ।

    यसअघि शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - ११:११:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij