Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

पत्रकारमाथि धरपकडको छानबिन गर्न रास्वपाले दियो सरकारलाई निर्देशन

पत्रकारमाथि धरपकडको छानबिन गर्न रास्वपाले दियो सरकारलाई निर्देशन


  • 309
    Shares

    पत्रकारमाथि धरपकडको छानबिन गर्न रास्वपाले दियो सरकारलाई निर्देशन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथिको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेशको विषयमा छानिबन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बैठकपछि सो पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जो भए पनि कारबाहीको दायरामा आउने बताए ।

    “संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही छैन,” उनले भने, “यो कुरामा रवि लामिछाने पनि स्पष्ट छ । आँच आउने कृयाकलाप जसले गरेको छ त्यो सजायको भागिदार हुनुपर्छ । संविधानलाई नै बेवास्ता गर्ने किसिमले जो भए पनि म होस् अर्को होस् कारबाहीको भागिदार हुनुपर्छ ।”

    सचिवालय बैठकपछि सो पार्टीका प्रवक्ता जगदिश खरेलले पनि प्रेस स्वतन्त्रतामाथि रास्वपाले हस्तक्षेप नगर्ने बताउँदै भने, “पत्रकार तथा संचारकर्मीको सम्बन्धमा जेजस्तो काम भयो, पक्राउ गर्ने काम भयो । यो किन भयो ? कसरी भयो ? कसले गर्‍यो ? छानबिन गर्ने र पत्ता लगाउन सरकारलाई स्पष्ट निर्देशन दिएको छ । कारबाही गर्ने सन्दर्भमा परिणाम देखाउन पनि सरकारलाई निर्देशन दिएको छ ।”

    उनले कोही पनि पत्रकार रास्वपाको र सरकारको नभएको बताउँदै देशकै चौथो अंगमाथिको धरपकड रास्वपालाई मान्य नहुने बताए ।

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - २१:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij