Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

आज दिनभरको २२ खबर एकै ठाउँमा

आज दिनभरको २२ खबर एकै ठाउँमा


  • 393
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमा
    images

    १. सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम होः मदनकृष्ण श्रेष्ठ

    वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा दृश्य माध्यम (चलचित्र तथा टेलिचलचित्र) अत्यन्त शक्तिशाली औजार भएको बताउनुभएको छ । 
    काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ लाई सम्बोधन गर्दै उहाँले छोटो समयमै आम नागरिकसम्म सन्देश पु¥याउन टेलिचलचित्रले महत्वपूर्ण भुमिका खेलेको ऐतिहासिक अनुभव स्मरण गर्नुभएको हो । राजधानीमा आयोजित काठमाडौं फिल्म फेस्टिभलमा भारतीय वरिष्ठ अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा अभिनेता श्रेष्ठले सम्बोधन गर्नुभएको हो ।

    २. सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुरु

    चितवनको रत्ननगर नगरपालिकामा शुक्रवारदेखि चारदिने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको छ । रत्ननगर नगरपालिकामा एक सामारोहकाबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको हो । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रसका नेता इन्द्र बानियाँले पानसमा दीप प्रज्वलन गरी चारदिने प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनका अवसरमा नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले आफ्नो डेमोन्स्ट्रेसन प्रश्तुती दिएका थिए । कार्यक्रममा चितवन तेक्वान्दो डोजाङको भवन निर्माणमा योगदान पु¥याएका दीपक बाबु नेपाललाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ र डोजाङ प्रमुख रोशन खानले सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

    ३. सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा करण र दीक्षालाई स्वर्ण

    नेपालका करण धोलीले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् । चितवनस्थित रत्ननगर नगरपालिकामा शनिवार भएको सिनियर पुरुष ५४ केजी तौल समूहमा करणले नेपालकै अंकित अंकित साहानीलाई हराउँदै स्वर्ण जिते । अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए । करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराउँदै फाइनलमा यात्रा तय गरेका हुन् । फाइनलमा पनि उनी हाबी भए । यसै विधामा अजय घर्ति र रोनक राउत तेस्रो भए । सब जुनियर महिला यु–२६ केजी तौलसमूहमा आयोजकका साहिल मन्सुरले नेपालकै अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जिते । 

    ४. समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक शुरु

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । शनिवार काठमाडौंको चःमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक औपचारिक रूपमा शुरु भएको हो । समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी रणनीति तय गर्न सचिवालय बैठक डाकेको हो । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र संगठनभित्रका समसामयिक विषयमा छलफल गर्न पार्टीका शिर्ष नेताहरू बैठकमा सहभागी भएका छन् ।

    ५. सञ्चारमाध्यममाथिको धरपकडविरुद्ध जनकपुरधाममा पत्रकारको प्रदर्शन

    सञ्चारमाध्यममाथि प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रिय समितिको सर्कुलरअनुसार महासङ्घका जिल्ला शाखाहरूले गरेको विरोध कार्यक्रमअन्तर्गत जनकपुरधाममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमा प्रवेश गरी प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने बताएका छन् । सञ्चारमाध्यममा प्रहरी पुगेर अचानक धरपकड गर्नु पत्रकारितालाई आतङ्कित पार्ने योजनाका रूपमा आफूहरूले लिएको एक प्रदर्शनकारीले बताए । 

    ६. शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनैपनि शहर समृद्ध बन्न नसक्ने बताउनुभएको छ । कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले मात्र शहरलाई जीवन्त बनाउने उहाँले बताउनुभएको हो । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु भएको ‘काठमाडौं फिल्म फेस्टिभल २०२६’ को उद्घाटन गर्दै उहाँले काठमाडौं परापूर्वकालदेखि नै कथाहरूमा बाँचेको सांस्कृतिक शहर भएको उल्लेख गर्नुभयो । काठमाडौं महानगरपालिकाले युनेस्को ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा सूचीकृत भएपछि पहिलोपटक आफ्नै प्रत्यक्ष आयोजनामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल शुरु गरेको हो । 

    ७. मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा  फरार बलात्कारका दोषी पक्राउ

    जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् । लमजुङको मस्र्याङ्दीमा होटल सञ्चालन गर्दा आफ्नै होटलकी १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो । २०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की स्थानान्तरण गरिएको थियो । तर भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारमा अशान्त स्थिति सिर्जना भएपछि उनी फरार भएका थिए । भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले बम्बई र दिल्लीका होटलमा परिचय बदलेर काम गरे ।

    ८. पूर्वाधार विकास समितिले भन्योः नागढुङ्गा सुरुङमार्गमा ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनू

    पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्गमा तीनदेखि ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेको छ । आज सुरुङमार्गको स्थलगत अवलोकन पछि समिति सभापति आशिष गजुरेलले  नगद भुक्तानीको व्यवस्थाले टोल संकलनमा समय लाग्ने र सवारीसाधनको लामो लाइन लाग्न सक्ने भएकाले कार्डमार्फत भुक्तानी गर्दा कम शुल्क लाग्ने प्रणाली लागू गर्न भनेको बताउनु भयो । उहाँकाअनुसार आरएफआईडी कार्डबाट २०० रुपैयाँ र नगद भुक्तानी गर्दा ३०० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न सके कार्डको प्रयोग बढाउन सकिनेछ । 

    ९.पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड, सोधपुछ र पक्राउका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । 
    शनिवार पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकले समाचार कक्ष (न्युजरुम) मै प्रवेश गरेर पत्रकार तथा सञ्चारकर्मीमाथि गरिएको धरपकड र पक्राउका घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकपछि पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको धरपकड र पक्राउका घटना गलत भएको स्पष्ट पार्नुभयो । उहाँले घटनामा को संलग्न थियो, किन र कसरी त्यस्ता गतिविधि भए भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

    १०. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ । शनिवार काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले सञ्चारमाध्यममाथि भएको प्रहरी हस्तक्षेप पार्टीलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभएको हो । उहाँले न्युजरुममा प्रहरी प्रवेशको घटना कसले, किन र कसको आदेशमा ग¥यो भन्नेबारे सत्यतथ्य छानबिन गरी सरकारले जवाफदेही बन्नुपर्ने बताउनु भयो । प्रवक्ता खरेलकाअनुसार पार्टीको नेतृत्व र सहभागितामा बनेको सरकारलाई नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्न बैठकले विशेष निर्देशन दिएको छ । 

    १२. नेपालमा बिस्तारै खुल्दै मौसमः चक्रवातको प्रभाव कमजोर हुँदै, भोलिदेखि सुधारको संकेत

    देशभर सक्रिय रहेको न्युन चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि शनिवार दिउँसोदेखि नेपालको मौसममा क्रमिक सुधार आउने भएको छ । केही दिनयता भारी वर्षा गराइरहेको उक्त प्रणालीका कारण जनजीवन प्रभावित बने पनि आगामी २४ घण्टाभित्र मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । विशेषगरी मनाङको ताल मौसम मापन केन्द्रमा १२४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ भने गण्डकी प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भएको छ । यद्यपि, लुम्बिनी, सुदूरपश्चिम तथा कोशी र मधेस प्रदेशका पूर्वी भेगमा बिहानैदेखि मौसममा सुधार आउन थालेको छ । 

    १३. नेपाल आफैँमा एउटा ठूलो स्टुडियो होः हरिवंश आचार्य

    वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’लाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वकै लागि एउटा खुला स्टुडियोका रूपमा व्याख्या गर्नुभएको हो । काठमाडौं फिल्म फेस्टिभलको मञ्चबाट बोल्दै वरिष्ठ कलाकार आचार्यले चलचित्र क्षेत्रलाई थप व्यावसायिक र गौरवमय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नेपाली चलचित्र क्षेत्रलाई दिएको अभिभावकत्वको प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिनुभयो । आचार्यकाअनुसार नेपालको भौगोलिक अवस्था र ऐतिहासिक सम्पदाहरू फिल्म छायाङ्कनका लागि संसारकै उत्कृष्ट गन्तव्य बन्न सक्छन् । 

    १४. कालो चिया खुवाउने भन्दै पत्रकार पक्राउः प्रहरीले पत्रकारलाई भन्यो–प्रधानमन्त्री कार्यालयको आदेश छ

    संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गर्दै सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौंको माईतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले वि वान्ट डेमोक्रेसी एण्ड प्रेस फ्रिडम, लोकतन्त्र पुनःबहाली, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद, प्रेसमाथिको दमन बन्द गर, प्रहरी दादागिरी मुर्दावाद, पत्रकारमाथिको धरपकड बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरी सरकारको विरोध जनाएका हुन् । विरोध कार्यक्रममा बोल्दै शुक्रवार पक्राउ परी छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षमै पत्रकारलाई पक्राउ गर्नु दुःखद् भएको बताउनु भयो । बिना औपचारिका पोशाक र बिना पक्राउ पूर्जी पक्राउ गरिएको उहाँको आरोप छ । 

    १५. अविरल वर्षाले काठमाडौंसहित देशभरको जनजीवन प्रभावित, बाढीपहिरोको जोखिम उच्च

    शुक्रवारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सडक आवागमन, हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पु¥याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको छ । काठमाडौं उपत्यकामा शुक्रवार बिहानैदेखि निरन्तर वर्षा भइरहँदा प्रमुख नदीहरू वागमती, विष्णुमती, धोबीखोला, मनोहरा लगायतका जलसतह बढेको छ कक। नदी तटीय क्षेत्र तथा होचा बस्तीहरूमा पानी पस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले शतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । उपत्यकाका मुख्य सडकहरूमा पानी जम्दा यातायात व्यवस्था प्रभावित बनेको छ ।

    १६. फिलिपिन्सको मायोन ज्वालामुखीमा शक्तिशाली विष्फोटः ३ किलोमिटरसम्म खरानीको मुस्लो, सतर्कता स्तर ३ जारी

    फिलिपिन्सको उत्तरी क्षेत्रस्थित अल्बे प्रान्तमा रहेको चर्चित तथा अत्यधिक सक्रिय मायोन ज्वालामुखी शुक्रवार मध्याह्न विष्फोट भएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सिस्मोलोजी (फिभोल्क्स) काअनुसार स्थानीय समयअनुसार बिहान ११ः५३ बजे भएको मध्यम स्तरको विष्फोट करिव ६ मिनेटसम्म जारी रहेको थियो, जसका कारण आकाशमा ३ हजार मिटर अग्लो खरानीको विशाल मुस्लो फैलिएको छ । ज्वालामुखी विज्ञान निकाय ‘फिभोल्क्स’ ले जारी गरेको विज्ञप्तिअनुसार विष्फोटबाट निस्किएको खरानी र धुलो पश्चिम तथा दक्षिण–पश्चिम दिशातर्फ फैलिने अनुमान गरिएको छ । विष्फोटको तिब्रता र म्याग्माको सक्रियतालाई मध्यनजर गर्दै निकायले सतर्कता स्तर (अलर्ट लेभल) २ बाट बढाएर ३ पु¥याएको छ । 

    १७. यमनको ताइजमा आवासीय घरहरूमाथि हवाई आक्रमणः १२ जनाको मृत्यु भएको हुथी सञ्चारमाध्यमको दाबी

    यमनको दक्षिण–पश्चिमी रणनीतिक प्रान्त ताइजका दुईवटा आवासीय घरहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएको हुथी विद्रोही नियन्त्रित सञ्चारमाध्यमले दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनकाअनुसार बिहीवार पश्चिमी ताइजको मकबाना जिल्लास्थित अल–बर्ह क्षेत्रका आवासीय बस्तीमा उक्त हवाई हमला भएको हो । विद्रोही पक्षले यस आक्रमणका लागि ‘साउदी नेतृत्वको गठबन्धन’ लाई जिम्मेवार ठह¥याएको छ । यद्यपि, घटनाबारे विस्तृत प्रमाण भने सार्वजनिक गरिएको छैन ।

    १८. युक्रेनलाई २ अर्ब डलरभन्दा बढीको प्याट्रियट मिसाइल विक्री गर्न अमेरिकाको स्वीकृति

    रुसविरुद्धको युद्धमा हवाई प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने प्रयासस्वरूप अमेरिकाले युक्रेनलाई २ अर्ब १० करोड अमेरिकी डलर (करिव २ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) बराबरको अत्याधुनिक ‘प्याट्रियट’ क्षेप्यास्त्र र सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रवार यस सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको पुष्टि गरेको हो।युक्रेन सरकारले ५०० थान ‘प्याट्रियट एड्भान्स्ड क्यापाबिलिटी–३’ (पीएसी–३) मिसाइल सेग्मेन्ट एन्हान्समेन्ट (एमएसई) क्षेप्यास्त्र खरिदका लागि अमेरिका समक्ष औपचारिक प्रश्ताव राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले सो मागलाई सम्बोधन गर्दै क्षेप्यास्त्रका साथै आवश्यक अन्य पार्टपुर्जा र लजिस्टिक सहयोग उपलब्ध गराउने गरी सम्झौता अघि बढाएको जनाएको छ । 

    १९. लेबनानमाथि इजरायली आक्रमण रोक्न र सेनालाई सहयोग बढाउन राष्ट्रपति औनको युरोपलाई आह्वान

    लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी क्षेत्रमा जारी इजरायली आक्रमण तत्काल रोकिनुपर्ने माग गर्दै लेबनानी सेनालाई युरोपेली मुलुकहरूले थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सैन्य हस्तक्षेप र बल प्रयोगबाट मात्रै दिगो शान्ति तथा स्थायित्व हासिल हुन नसक्ने उल्लेख गर्दै उहाँले वार्ता र कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गर्नुभएको हो । बिहीवार बाब्दास्थित राष्ट्रपति भवनमा जर्मनीकी आर्थिक सहयोग तथा विकास मन्त्री रिम अलाबाली रादोभानसँग भएको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति औनले वर्तमान संकट समाधानका लागि लेबनानको कुटनीतिक प्रतिवद्धता दोहो¥याउनु भयो । भेटका क्रममा राष्ट्रपति औनले लेबनानले अघि सारेका चार प्रमुख मुद्दाहरू–तत्काल युद्धविराम, इजरायली सेनाको पूर्ण फिर्ती, सीमा सीमांकन र बन्दी रिहाइमा अहिलेसम्म ठोस र सार्थक प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    २०. सिरियामा भीषण बाढी र डुबानः ५ जनाको मृत्यु, ५ बेपत्ता

    सिरियाका विभिन्न प्रान्तमा बिहीवार परेको भारी वर्षा र त्यसपछिको भीषण बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा चार बालबालिकासहित अन्य पाँच जना अझै बेपत्ता रहेको त्यहाँको आपत्कालीन तथा विपद् व्यवस्थापन निकायले जनाएको छ । सिरियाको आपत्कालीन मन्त्रालयकाअनुसार मृत्यु हुनेहरूमा अधिकांश राका र डेर अल–जोर प्रान्तको ग्रामीण भेगका बासिन्दा रहेका छन् । बाढीले बगाएर बेपत्ता भएकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । राका, डेर अल–जोर र एलेप्पोका ग्रामीण क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    २१. देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजानिक

    सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजानिक गरेको छ । समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर पाँच लाख भन्दा बढी सुतार कार्की रहेको र सकेसम्म सबैको वंशावली पुस्तककमा समेट्ने प्रयास गरिएको समितिले जनाएको छ । समितिको वंशावली तयार पार्न सुतार कार्की वंशावली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समिति गठन गरेको थियो । सो समितिले लामो समय लगाए पुस्तक तयार पारेको जनाइएको छ । 

    २२. नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रैः राष्ट्रिय तथ्याङ्क कार्यालय

    नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रै रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाईको अवस्था’ विषयक प्रतिवेदनले नेपालमा ९० प्रतिशत जनसंख्याको घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच पुगेपनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा पाउने भने ४७.५ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ । राष्ट्रिय जनगणना तथा नेपाल बहुसूचक सर्वेक्षणमा आधारित प्रतिवेदनले खानेपानीको पहुँच विस्तार भएपनि गुणस्तर र सुरक्षित आपूर्तिमा ठूलो चुनौती रहेको देखाएको हो । त्यस्तै, सुधारिएको सरसफाइ सुविधा प्रयोग गर्ने जनसंख्या ९२.८ प्रतिशत रहेपनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाई सेवामा पहुँच भएका परिवारको हिस्सा ३९.९ प्रतिशत मात्रै छ ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - २०:१८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij