Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

वैदेशिक रोजगारी

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, एक जना पक्राउ

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, एक जना पक्राउ


  • 358
    Shares

    रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, एक जना पक्राउ
    images

    काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

    बिरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १३:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij