Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

आज (शुक्रबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (शुक्रबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 379
    Shares

    आज (शुक्रबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–पञ्चमी, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मृगशिरा, दिउँसो १ बजेर ५८ मिनेट उप्रान्त आद्र्रा । योग–शिब, रातको २ बजेर १७ मिनेट उप्रान्त सिद्ध । करण–कौलव, दिउँसो १ बजेर ० मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मिथुन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४६ पला ।

    आजको बार बेला ।

    बिहान ६ बजेर १४ मिनेटसम्म चर बेला ।
    बिहान ६ बजेर १४ मिनेटदेखि बिहान ७ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
    बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म अमृत बेला ।
    बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १० मिनेटसम्म रोग बेला ।
    दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
    दिउँसो २ बजेर ३५ मिनेटदेखि दिउँसो ३ बजेर ५७ मिनेटसम्म चर बेला ।
    बेलुकी ३ बजेर ५८ मिनेटदेखि बेलुकी ६ बजेर ५७ मिनेटसम्म रोग बेला ।
    नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बिहान १० बजेर २३ मिनेटदेखि बिहान ११ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ५ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दिन सामान्य फलदायी रहनेछ। व्यापारमा लाभ हुनेछ। नाफा आर्जनका लागि व्यापारमा सहकार्य गर्नुपर्ने छ। शिक्षामा प्रगति हुनेछ। पारिवारिक मेलमिलापको योग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आजको दिनमा राम्रो फल मिल्नेछ। तपाईंको बोलीका प्रभावले काम बन्नेछ। सम्पत्ति खर्च भए पनि लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दिन राम्रो रहनेछ। एकपछि अर्को समस्या थपिने छन्। बोली र व्यवहारमा एकरुपता नदेखिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा विश्वास नगर्ने बानीले अप्ठेरो परिस्थिति सिर्जना हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आजको दिनमा शुभ फल रहनेछ। तपाईंका लागि शुभदिन हो। साथीको साथ मिल्नेछ। तपाईंको काम बन्ने छ। शिक्षामा भने ढिलासुस्ती हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

     दिन सामान्य रहनेछ। आज कम बोल्नु उचित हुनेछ । गोपनीयता भंग नगर्नु फाइदा हुन्छ। व्यवहारमा सानो कुराले झन्झट दिने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने देखिन्छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    दिन राम्रो र फलदायी हुनेछ। शुभ खबर सुन्न पाइने छ । व्यवहारमा सकारात्मक सुत्र पत्ता लाग्ने छ। मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    यात्रा गर्दा सचेत हुनुपर्नेछ । प्रतिस्पर्धामा भए सफलता मिल्ने दिन छ । श्रमको मूल्य अर्काले खाने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आज कम बोल्नु उचित हुनेछ । साथीको साथ मिल्नेछ। मिहिनेत गरेमा पुरानो रोकिएका काम बन्नेछन्। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन प्रशन्न हुनेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    दिन सामान्य तथा मध्यम रहनेछ। आज गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ। राज्यको माथिल्लो निकायबाट तपाईंको पक्षमा निर्णय हुनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दिन राम्रो रहने छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच राम्रो रहेको छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    राम्रो दिन भएकाले मिहिनेतको फल मिल्नेछ। शिक्षामा सफलता मिल्ने छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। मिहिनेतको फल मिल्ने योग छ ।  

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    आज तपाईको योजना सफल बन्नेछ। अनावश्यक यात्रामा खर्च बढ्ने छ। विपक्षी साथीबाट काम गर्दा सचेत बन्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने छ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - ०५:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij