Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

आज (बुधबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (बुधबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 505
    Shares

    आज (बुधबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं. २०८३ साल कार्तिक ११ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–द्वितीया, बिहान ६ बजेर ३३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतिका, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त रोहिणी । योग–व्यातिपात, बिहान ११ बजेर २३ मिनेट उप्रान्त वरियान । करण–गर, बिहान ६ बजेर ३३ मिनेट उप्रान्त वणिज, बेलुकी ५ बजेर ३२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५३ पला ।

    आजको बार बेला ।

    बिहान ६ बजेर १२ मिनेटसम्म लाभ बेला ।
    बिहान ६ बजेर १३ मिनेटदेखि बिहान ७ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
    बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म काल बेला ।
    बिहान ९ बजेर ० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म रोग बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
    दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर ३४ मिनेटसम्म चर बेला ।
    दिउँसो २ बजेर ३५ मिनेटदेखि दिउँसो ३ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
    बेलुकी ३ बजेर ५९ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
    नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बिहान ११ बजेर ४६ मिनेटदेखि दिउँसो १ बजेर १० मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    बिहान ४ बजेर ३७ मिनेटदेखि बिहान ५ बजेर २५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दिन राम्रो छ। काममा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुने योग छ। पठनपाठनमा रुची बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। श्रमको मूल्य मिल्ने छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    बोलीको प्रभावले काम बन्ने छ। धन लाभ हुनेछ। स्वास्थ्यमा भने गढबढी देखिनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    शुभ दिन रहेको छ । आँटेका काम बन्नेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा कम बोलेर काम धेरै गर्नु राम्रो हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    मनमा चिन्ता बढ्नेछ। सानो कुराले मन तरंगित हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    परिश्रमको फल मिल्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा सोचेजस्तो नतिजा प्राप्त हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने समय छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा मनमुटाव हुनेछ। थोरै बोलेर काम धेरै गर्नुपर्ने समय छ। व्यापारमा थप श्रम गर्नुपर्ने छ । साथीभाइको साथ मिल्ने देखिन्छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    महत्त्वपूर्ण काम बन्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने छ । अनावश्यक क्षेत्रमा धन खर्च हुने छ। सानो कुराले मन तरंगित हुनेछ। अभिभावकको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुन्छ। शिक्षा र स्वास्थ्यले साथ दिँदा मनमा सन्तुष्टि प्राप्त हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। साझेदारीमा मात्र लगानी गर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दिन राम्रो छ। बोल्दा भनेर तीन पटक सोच्नु उचित हुन्छ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। जागिरे हुनुहुन्छ भने पदोन्नती हुनेछ। गुरुको साथ र सहयोग प्राप्त हुनेछ। विपक्षी साथीसँग सचेत बन्नुपर्ने दिन छ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    दिन राम्रो छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले नयाँ योजना बन्ने छ। शिक्षाका क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - ०७:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij