Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

पाथीभरा दर्शनमा हिडेकी एक महिलाको मृत्यु

पाथीभरा दर्शनमा हिडेकी एक महिलाको मृत्यु


  • 435
    Shares

    पाथीभरा दर्शनमा हिडेकी एक महिलाको मृत्यु
    images

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४ वर्षीया सरु हिस्की मगरको आइतबार मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार मगरको सदरमुकाम फुङ्लिङ बजारमा मृत्यु भएको छ । आफ्ना श्रीमान इन्द्र हिस्की मगरसहित पाथीभरा दर्शनमा हिड्नुभएकी मगरको फुङ्लिङ बजारमा आइपुग्ने वित्तिकै मृत्यु भएको हो ।

    फुङ्लिङ बजार आइपुगेपछि गाडीबाट ओर्लिनासाथ रिँगटा लागेको भन्दै बेहोस भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । प्रहरी निरीक्षक यादवका अनुसार बेहोस भएपछि उनका आफन्तले तत्काल उपचारका लागि तमोर अस्पताल पु¥याएका र उपचारको क्रममा दिउँसो ४ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    तीर्थयात्री मगरको मृत्युबारे तमोर अस्पतालबाट नै जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि प्रहरी निरीक्षक विद्यालालकुमार साहको नेतृत्वमा प्रहरी टोली खटेर कानुनी प्रक्रिया र घटनाबारे अनुसन्धान अघि बढाएको जनाइएको छ । 

    पाथीभरा दर्शनमा हिडेको उहाँहरुको टोली दिउँसो ३ः३० बजे फुङ्लिङ बजार आइपुगेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १८:५५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij