Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

सप्तकोसीमा डुंगा दुर्घटना: तीन जनाको मृत्यु, दुई बेपत्ता

सप्तकोसीमा डुंगा दुर्घटना: तीन जनाको मृत्यु, दुई बेपत्ता


  • 449
    Shares

    सप्तकोसीमा डुंगा दुर्घटना: तीन जनाको मृत्यु, दुई बेपत्ता
    images

    काठमाडौं । अरुण र दुधकोसी नदीको संगमस्थलमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १० जनाको सकुशल उद्धार गरिएको छ। 

    इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरीका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले दिएको जानकारी अनुसार उक्त दुर्घटना करिब  ३ बजेतिर भएको हो।

    अरुण नदीमा इन्जिन अफ भई अनियन्त्रित भएर बगिरहेको डुंगा अरुण र दुधकोसीको संगमस्थलमा पुगेपछि पल्टिएको प्रहरीले जनाएको छ। 

    प्रहरी निरीक्षक भट्टराईका अनुसार, दुर्घटनामा परेको डुंगामा कुल १६ जना यात्रु सवार रहेका थिए। घटनालगत्तै उद्धारमा खटिएको प्रहरी टोलीले १० जनाको उद्धार गर्न सफल भएको छ भने उद्धार गरिएकामध्ये ३ जनाको मृत्यु भइसकेको छ। अन्य २ जना हराइरहेका छन्। 

    भोजपुरको माथिल्लो क्षेत्रबाट फर्किंदै गरेको उक्त डुंगा दुर्घटनामा परेको हो। यतिबेला प्रहरी टोली घटनास्थलमा खटिएर थप उद्धार काम गरिरहेको छ। मृतकको विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ।

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १७:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij