Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने


  • 8.3K
    Shares

    एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

    काठमाडौं । एनएमबि बैंकले सबै वर्गलाई समेटने गरि निक्षेप कर्ताहरुलाई सहजता प्रदान गर्नका लागि बढी ब्याज प्रदान गर्ने प्रावधान अघि सारेको छ ।

    हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा बैंकले निक्षेपकर्तालाई बढी व्याज दिने प्रावधान ल्याउन लागेको हो ।

    यसअघि बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबिले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्घेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन  वाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज हो ।

    बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । ‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    हाल एनएमबि बैंकको देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १४:२४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij