२०८२ कार्तिक १९ गते बुधवार
दाङ । दाङमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडक खण्डअन्तर्गत कपासिबगियामा ट्र्याक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको मृत्यु भएको हो ।
ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij