Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

चैतको सुरुमै स्थानीय चुनाव !

चैतको सुरुमै स्थानीय चुनाव !


  • 925
    Shares

    चैतको सुरुमै स्थानीय चुनाव !
    images

    काठमाडौं । निर्वाचन आयोगले चैतको पहिलो साताभित्र स्थानीय तहको चुनाव गराउनेगरी तयारी अगाडि बढाएको छ। अघिल्लो पटक २०७८ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो।

    आयोगका एक उच्च अधिकारीका अनुसार फागुन ३० देखि चैत पहिलो हप्तासम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिइएको छ। 

    स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल आगामी वैशाख ५ गते सकिँदै छ। स्थानीय तह निर्वाचन ऐनले पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ भने संविधानको धारा २२५ ले गाउँसभा र नगरसभाको कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।

    प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा आयोग रहेको बताएका छन्। 

    त्यसैअनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय चुनावकै लागि व्यापक तयारी गरिरहेको छ। उसले आफ्ना सबै नेता, सांसदलाई पालिका खटाएर प्रचारमा लगाएको छ।

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - ०८:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij