२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौँ । गिटी-बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेका रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
यो मुद्दा सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर इजलास गठन गरिएको छ । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।
सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा गिटी-बालुवा विदेश निकासी गरी व्यापार घाटा घटाउने उल्लेख छ । जसको चौतर्फी विरोध भइरहेको छ ।
यस बाहेकका रिट निवेदन पनि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij