२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका-३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से। १ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्नेमा कैलालीको नगरपालिका-२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौरका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएका हुन् । दुवैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।उकालोमा रहेको जिप ब्याक हुन गई सडकबाट करिब ३ सय मिटर खसेको छ ।
दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका-९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामकप ढकारी गाउँपालिका-३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij