Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना


  • 533
    Shares

    • images
    नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

    काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ ।

    बैंकबाट कर्जा उपभोग गरी २०७९ चैत्र मसान्त अगाडि खराब खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ १ करोड रूपैयाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले २०८३ आषाढ मसान्तभित्र योजना अनुसार शर्तसहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले बैंकले सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्न समेत आग्रह गरेको छ।

    साथै वि.सं.२०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं.२०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनुहुन समेत बैंकले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १३:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij