Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

जसपाको उपेन्द्र पक्ष पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै

जसपाको उपेन्द्र पक्ष पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै


  • 15.0K
    Shares

    • images
    जसपाको उपेन्द्र पक्ष पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदैछ ।

    राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागिएको जसपा कार्यकारिणी सदस्य मोहोम्द इस्तियाक राईले बताए।

    ‘हामी आधिकारिकताका लागि निर्वाचन आयोग जाँदैछौं । आयोगले यसको छिनोफानो छिट्टै गर्नेछ भन्ने हाम्रो अपेक्षा छ’, राईले भने, ‘५१ जनाको कार्याकारिणी समितीमा हाम्रो पक्षमा स्पष्ट बहुमत छ । बहुमतको निर्णयलाई आयोगले स्वीकार गर्नुपर्छ ।’

    उपेन्द्र पक्षले जसपा कार्यकारिणी बैठक बिहिबार बोलाएको थियो । बिहीबारको बैठकमा ३० जनभन्दा बढीको उपस्थिति रहेको उपेन्द्र पक्षको दाबी छ ।

    यसअघि उपेन्द्र पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो । त्यस्तै ठाकुर पक्षले पनि यादवलाई निष्कासन गरेको थियो ।

    दुबै पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी यसअघि नै आयोगमा बुझाएको थिए । यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुरले यादवलाई कारबाहीको पत्र मात्रै आयोगमा बुझाएका थिए । आयोगले दुबैको मागलाई अस्वीकार गरेको थियो ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - ११:५७:३६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij