Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते


  • 1.5K
    Shares

    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    images

    काठमाडौं । जोरायल गाउँपालिका –०१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    आज बिहान ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो ।

    उक्त ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका –०५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए ।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरी सहित टोली घटनास्थलमा घाइतेहरूको उद्धार कार्यमा खटिई घाइतेहरूलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पठाएको छ ।

    घाइतेहरुको नामावली निम्नानुसार रहेको छ :

    १) जिल्ला डोटी जोरायल गा.पा.-०१ चपरचानी बस्ने वर्ष ३३ को अमर सिजाली मगर,

    २) जिल्ला डोटी जोरायल गा.पा.-०१ चपरचानी बस्ने वर्ष ४६ को डम्बर थापा,

    ३) जिल्ला डोटी जोरायल गा.पा.-०१ चपरचानी बस्ने बस्ने वर्ष १८ को भरत थापा मगर,

    ४) जिल्ला डोटी जोरायल गा.पा.-०१ चपरचानी बस्ने बस्ने वर्ष १८ को विवश थापा मगर,

    ५) जिल्ला डोटी जोरायल गा.पा.-०१ गोगन पानी बस्ने वर्ष ५२ को जित बहादुर बि.क.,

    ६) जिल्ला डोटी जोरायल गा.पा.-०१ धानाकोट बस्ने वर्ष ३२ को रूपलाल बि.क.,

    ७) जिल्ला डोटी जोरायल गा.पा.-०१ धानाकोट बस्ने वर्ष ३२ कि अनिषा बि.क.,

    ८) जिल्ला डोटी जोरायल गा.पा.-०१ सपुरसानि बस्ने वर्ष ३५ को हर्क बहादुर थापा मगर,

    ९) जिल्ला डोटी जोरायल गा.पा.-०१ भानाकोट बस्ने अनिषा बि.क. कि छोरी वर्ष ३ कि करिश्मा बि.क. 

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १२:०२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij