Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

डिल्लीबजार–नख्खुपछि सिन्धुपाल्चोक पुगे दीपक भट्ट

डिल्लीबजार–नख्खुपछि सिन्धुपाल्चोक पुगे दीपक भट्ट


  • 1.1K
    Shares

    डिल्लीबजार–नख्खुपछि सिन्धुपाल्चोक पुगे दीपक भट्ट
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ।

    कारागार व्यवस्थापन विभागको पत्रपछि नख्खु कारागारले भट्टलाई शनिबार सिन्धुपाल्चोक पठाएको हो। यसअघि उनी डिल्लीबजार कारागार हुँदै नख्खु पुगेका थिए।

    भट्टमाथि सम्पत्ति शुद्धीकरण, बीमा ऐन र धितोपत्रसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। काठमाडौं जिल्ला अदालतले बीमा ऐनको कसुरमा १ करोड ५० लाख र धितोपत्रसम्बन्धी कसुरमा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। 

    भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। सुरुमा उनलाई डिल्लीबजार कारागार पठाइएको थियो। करिब १५ दिनपछि विभागकै पत्रअनुसार नख्खु सरुवा गरिएको थियो। अहिले नख्खुबाट पनि सिन्धुपाल्चोक पठाइएको हो।

    कारागार स्रोतका अनुसार पछिल्लो समय डिल्लीबजारमा रहेका केही चर्चित तथा उच्चप्रोफाइल कैदीलाई अन्य कारागारमा सरुवा गर्ने क्रम बढेको छ। डिल्लीबजार खुला ठाउँ, भेटघाटमा सहजता र काठमाडौंको केन्द्रमा रहेकाले कैदीबन्दीको रोजाइमा पर्ने गरेको बताइन्छ।

    अहिले पनि केही भीआईपी डिल्लीबजार कारागारमै छन् । जसमा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजदेखि, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ छन् । सुनिल पौडेल, विकल पौडेलदेखि नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम पनि डिल्लीबजारमै छन् ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १०:३१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij