Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

प्रचण्डले भने– ‘रवि र गगन मेरो क्याबिनेटका मन्त्री हुन्’

प्रचण्डले भने– ‘रवि र गगन मेरो क्याबिनेटका मन्त्री हुन्’


  • 1.2K
    Shares

    प्रचण्डले भने– ‘रवि र गगन मेरो क्याबिनेटका मन्त्री हुन्’
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा आफ्नो नेतृत्वको सरकारमा मन्त्री रहेको स्मरण गरेका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा रहेका धेरै नेताहरू अहिले पनि राजनीतिमा सक्रिय रहेको बताए। उनले गगन थापाको राजनीतिक सक्रियता र क्षमताको प्रशंसा समेत गरे।

    प्रचण्डले गगन थापाले कांग्रेसको नेतृत्वमा ‘क्रम भङ्ग’ गर्दै नयाँ इतिहास निर्माण गरेको बताए। विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता सहयात्रीका कारण पनि थापाले नेतृत्वमा पुग्न सकेको उनको भनाइ थियो।

    उनले रवि लामिछानेतर्फ संकेत गर्दै गगनले क्रम भङ्ग गरिसकेको तर रविले अझै क्रम भङ्ग गर्न बाँकी रहेको बताए। देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै प्रचण्डले कांग्रेसको महाधिवेशनले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १७:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij