Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

भन्सारका नाममा जनताको निजी सम्पती लुट्ने काम बन्द हुनुपर्छः प्रभु साह

भन्सारका नाममा जनताको निजी सम्पती लुट्ने काम बन्द हुनुपर्छः प्रभु साह


  • 1.4K
    Shares

    भन्सारका नाममा जनताको निजी सम्पती लुट्ने काम बन्द हुनुपर्छः प्रभु साह
    images

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सारका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको बताएका छन् । 

    पार्टीको आईतवारदेखि शुरु भएको केन्द्रिय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भन्सारको नाममा जनतालाई सरकारले दुःख दिने गरेको बताएका हुन् । भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामाग्रीमा पनि सरकारले भन्सार कर लगाउने गरेको आरोप लगाएका छन्। तर हवाईमार्गबाट आउने व्यक्तिले महँगा सामान ल्याउँदा भन्सार नलिने गरिएको उनको भनाई छ । 

    उनले वर्तमान सरकारले सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाएकोमा पनि असन्तुष्टी जनाएका छन्। उनले सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै हिमाली तथा पहाडी क्षेत्रमा समेत सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताएका छन्। सीमा सुरक्षा गर्नलाई हो भने सुस्तामा किन नराखेको ? कालापानीमा किन नपठाएको ? उनले प्रश्न गरे । सीमा सुरक्षाभन्दा सर्वसाधारणलाई दुःख दिने उद्देश्यले मात्र सुरक्षाकर्मीको संख्या बढाइएको उनको आरोप छ ।

    उनले भने, भन्सार नियन्त्रणको नाउँमा निजी सम्पत्ति लुट्ने जो काम भइरहेको छ, त्यो बन्द होस् भन्न चाहन्छौँ । अहिले यो सरकार बनेपछि बोर्डरमा सशस्त्र संख्या बढायो, सशस्त्र प्रहरीको संख्या बढायो । के बोर्डर खाली तराईमा मात्र छ कि हिमालमा पनि छ ? पहाडमा पनि छ ? पूर्व छ कि छैन बोर्डर ? पश्चिम छ कि छैन बोर्डर ? अनि तिब्बततिर किन नराखेको भनेर प्रश्न गर्ने कि नगर्ने ? चाइनाको बोर्डरमा किन नबढाएको भनेर के नभन्ने ? जनतालाई दुःख दिनलाई हो कि सीमा सुरक्षालाई गर्नलाई हो ? सीमा सुरक्षा गर्नलाई हो भने सुस्तामा किन नराखेको ? सीमा सुरक्षाको लागि हो भने हाम्रो भूगोल जो इन्डियामा रोड बनाइराखेका छन्, त्यहाँ किन नपठाएको ? बालेन सरकार यदि साँच्चै राष्ट्रवादी भएको भए सिधै सुस्तामा पठाउनुपर्ने हो, कालापानीमा कालापानीमा पठाउनुपर्ने हो । 

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १४:५८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij