Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ

भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ


  • 1.3K
    Shares

    भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ
    images

    काठमाडौं ।  भारत–नेपाल सीमामा तस्करीविरुद्धको कारबाहीका क्रममा सशस्त्र सीमा बलले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाराको सीमावर्ती कलैया उपमहानगरपालिका मटिअर्वा गाउँका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।

    एसएसबीका अनुसार नेपालतर्फबाट साइकलमा सामान लोड गरी भारततर्फ प्रवेश गरेर पुनः नेपालतर्फ फर्किँदै गरेका व्यक्तिमाथि निगरानी राखिएको थियो। शंकास्पद गतिविधि देखिएपछि नाकाबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    तलासीका क्रममा ६ वटा साइकलमा लोड गरिएको २४ बोरा चकलेट बरामद भएको एसएसबीले जनाएको छ। बरामद चकलेटको कुल तौल ९६० किलो रहेको बताइएको छ।

    एसएसबीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ चकलेट लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

     

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - ११:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij