Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

रास्वपाले बनस्थलीबाट केन्द्रीय कार्यालय सार्ने

रास्वपाले बनस्थलीबाट केन्द्रीय कार्यालय सार्ने


  • 1.4K
    Shares

    रास्वपाले बनस्थलीबाट केन्द्रीय कार्यालय सार्ने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीबाट केन्द्रीय कार्यालय सार्ने भएको छ। 

    शनिबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय सार्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए। केन्द्रीय कार्यालयका लागि जमिन वा घर खोजी गर्नका लागि सदस्य र शुभेच्छुकलाई अनुरोध गर्ने निर्णय गरेको खरेलले बताए। 

    प्रवक्ता खरेलका अनुसार, केन्द्रीय समितिको बैठकमा केन्द्रीय कार्यालय सार्ने विषयमा छलफल भएको थियो।  बनस्थलीबाट अन्यत्र सार्नुपर्ने महसूस भएको उनले बताए। 

    केन्द्रीय समितिको बैठकका निर्णय सुनाउँदै खरेलले भने, ‘पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसूस गर्दै पार्टीको लागि जमिन वा घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ।’

    अहिले रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा रहेको छ। जेनजी आन्दोलनपछि घरधनी भरतमणि देवकोटाले घर खाली गर्न अनुरोध गरेका थिए। 

    प्रकाशित मिति :आश्विन १७ २०८३ शनिवार - २१:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij