Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

हिम्लुङ हिमपहिरोमा १५ जनाको मृत्यु, एक अझै बेपत्ता

हिम्लुङ हिमपहिरोमा १५ जनाको मृत्यु, एक अझै बेपत्ता


  • 2.0K
    Shares

    हिम्लुङ हिमपहिरोमा १५ जनाको मृत्यु, एक अझै बेपत्ता
    images

    काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–०५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा गएको भीषण हिमपहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्।

    गत असोज २ गते काठमाडौंबाट हिमाली पदयात्रा तथा आरोहण व्यवस्थापनका लागि हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरी कुल २७ जना नेपाली टोली हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका थिए। असोज ११ गते राति सो क्षेत्रमा अचानक खसेको हिमपहिरोमा परी ती कामदारहरू पुरिएका थिए।

    हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल उद्धार हुन सफल भएका थिए भने बाँकी १६ जना सम्पर्कविहीन भएका थिए। घटनालगत्तै सुरु गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको छ।

    फेला परेका शवहरूमा सङ्खुवासभाको भोटखोला–०३ का ५२ वर्षीय छेवि भोटे र भोटखोला–०२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन्। त्यसैगरी गोरखाको धार्चे–०२ का ३० वर्षीय विरेन्द्र गुरुङ, खोटाङको ऐसेलुखर्क–०९ का ४५ वर्षीय घनश्याम राई, ऐसेलुखर्क–०७ का ४० वर्षीय लक कुमार गुरुङ तथा ऐसेलुखर्क–०३ का २१ वर्षीय सुरज राईको शव फेला परेको छ।

    अन्य मृतकहरूमा रुकुम पूर्वको पुथाउत्तरगङ्गा–०५ का ५७ वर्षीय कलम बुढा, काभ्रेपलाञ्चोकका ३५ वर्षीय बिर्ख ध्वज तामाङ र ३४ वर्षीय जगत तामाङ, सिन्धुपाल्चोकका ५७ वर्षीय उर्ख ध्वज बोहोरा, ओखलढुङ्गाका ६३ वर्षीय प्रेम तामाङ, गोरखाका ५८ वर्षीय आश गुरुङ तथा दोलखाका ४७ वर्षीय कृति बहादुर तामाङ रहेका छन्। वतन र उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङको पनि शव फेला परेको छ।

    हिमपहिरोमा परी बेपत्ता भएका ओखलढुङ्गा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पाको भने हालसम्म कुनै पत्तो लाग्न सकेको छैन। उनको खोजी कार्य तीव्र रूपमा जारी राखिएको उद्धार टोलीले जनाएको छ।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १६:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij