Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज


  • 638
    Shares

    एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज
    images

    काठमाडौं। नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । 

    उनीहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

    मनोनीत भएका केन्द्रीय कमिटी सदस्यहरूमा काशीनाथ अधिकारी (चितवन) देवराज घिमिरे (झापा), हरि रिजाल–(प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई(ईलाम), नन्दराम देवकोटा(खोटाङ), धर्म गिरी(प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरूङ (मनाङ), प्रेम दङ्गाल(काठमाडौँ), सुरेन्द्र उदास(भोजपुर), विनोद पाण्डे(काठमाडौँ), पुष्पराज श्रेष्ठ(सिन्धुली), विमला घिमिरे(कपिलवस्तु) रहेका छन् । त्यसैगरी शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा(धादिङ), बिना बास्तोला(भक्तपुर) रहेका छन् । 

    अन्य पार्टीबाट समायोजन भएकाहरुमा मोहम्मद इस्तियाक राई(बाँके), प्रदीप यादव(पर्सा), अब्दुल हुसैन अंसारी(सुनसरी), डिबी कार्की(स्याङ्जा), भवानी खापुङ(तेह्रथुम), दीपक साउद(अछाम), जय गोले तामाङ(काठमाडौँ), धर्मराज निरौला(सुनसरी), रवि चामलिङ(खोटाङ), विनोद पहाडी(रुपन्देही), श्रीप्रसाद शर्मा(बागलुङ), रामप्रीत राम(सिराह) र ध्रुव विष्ट(भक्तपुर) रहेका छन् । 

    सोही केन्द्रीय कमिटी बैठकले ७ जना नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । स्थायी कमिटी चयन भएका सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौ), प्रदिप ज्ञवाली(गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे(झापा), शिवमाया तुम्वाहाम्फे(मोरङ), लालबाबु पण्डित(मोरङ) र थममाया थापा(म्याग्दी) रहेका छन् ।

    यी हुन् आज शपथ लिने एमालेका ३३ जना केन्द्रीय सदस्य

    काशीनाथ अधिकारी
    देवराज घिमिरे
    हरि रिजाल
    पासाङ शेर्पा
    नरेन्द्र भट्टराई
    नाथुराम देवकोटा
    धर्म गिरी
    नारायण घर्ती
    विद्यासुन्दर शाक्य
    पाल्देन छोपाङ
    विमला घिमिरे
    श्रीमाया थकाली
    जानुका सिंखडा
    बिना बास्तोला
    शान्तिलाल महत
    विनोद पाण्डे
    प्रेम दङ्गाल
    पुष्पराज श्रेष्ठ
    अन्य पार्टीबाट आएकहरू
    मोहम्मद  इस्तियाक राई
    कौशिला खत्री
    सुरेन्द्र उदास
    दीपक खम्बु
    जय गोदे
    धर्मराज निरौला
    प्रदीप यादव
    अब्दुल हुसेन
    डिबी कार्की
    भवानी खापुङ
    ददी चाम्लिङ
    विनोद पहाडी
    रामप्रित पासवान
    ध्रुव विस्ट

     

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १०:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij