Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंक अफ काठमाण्डूको ऋणपत्र आजदेखि विक्री खुल्ला

बैंक अफ काठमाण्डूको ऋणपत्र आजदेखि विक्री खुल्ला


  • 8.6K
    Shares

    बैंक अफ काठमाण्डूको ऋणपत्र आजदेखि विक्री खुल्ला

    काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर २४ गते आज (बुधवार)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    जसमध्ये ६ लाख ४० हजार सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत र बाँकी रहेको ९ लाख ६० हजार कित्ता ब्याक्तिगत तबरबाट विभिन्न संघ सस्थाहरुलाई विक्री गर्नेछ । यो ऋणपत्र छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गते सम्म विक्रीमा रहनेछ । खरिद गर्न चाहनेले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने बैंकले जानकारी गराएको छ । 

    १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ । विक्री प्रबन्धकका साथै आवेदकले सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

    यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम जोखिम जनाउने इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमानै वित्तीय दायित्व पुरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने संकेत गर्दछ । 

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - ११:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij