Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

दीपक मनाङे कांग्रेसमा प्रवेश

दीपक मनाङे कांग्रेसमा प्रवेश


  • 953
    Shares

    दीपक मनाङे कांग्रेसमा प्रवेश
    images

    काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्।

    कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि संस्थापन इतर समूहले गठन गरेको समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्। कोइरालाको सचिवालयले मनाङे कांग्रेसमा प्रवेश गरेको जानकारी दिएको छ।

    सचिवालयका अनुसार मनाङेलाई संस्थापन इतर समूहले आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिएको छ। कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला विभिन्न जिल्लामा संगठनात्मक गतिविधि तथा प्रतिनिधि छनोट प्रक्रिया अघि बढिरहेको छ।

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १४:२१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij