Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने

कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने


  • 939
    Shares

    कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने
    images

    काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ। महाधिवेशनको मिति तय गर्न केन्द्रीय कार्यालयको टिमले आज अनौपचारिक बैठक बस्ने तयारी गरेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

    यसअघि कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। सोहीअनुसार विभिन्न राजनीतिक दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन निम्तोसमेत पठाइसकिएको छ।

    तर असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कांग्रेसका तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशनको मिति केही दिन सार्ने तयारी भएको हो। प्रभावित जिल्लाका अधिवेशन प्रक्रिया पूरा गर्न समय लाग्ने भएपछि नयाँ मितिबारे पार्टीभित्र छलफल भइरहेको छ।

    कांग्रेस संस्थापन पक्षका नेताहरूका अनुसार दशैं, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै गएकाले महाधिवेशन चाडपर्वअघि गर्ने वा पछि सार्ने भन्ने विषयमा आज निर्णय हुन सक्नेछ। एक नेताका अनुसार महाधिवेशन धेरै पर धकेल्नेभन्दा एक–दुई दिन मात्र पछि सार्ने विषयमा पनि अनौपचारिक छलफल भइरहेको छ।

    यसैबीच संस्थापनइतर शेरबहादुर देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन गर्ने भन्दै आफ्नो तयारी अघि बढाइरहेको छ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १०:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij