Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेपाली कांग्रेसको महाधिवेशन सार्ने तयारी

नेपाली कांग्रेसको महाधिवेशन सार्ने तयारी


  • 1.6K
    Shares

    नेपाली कांग्रेसको महाधिवेशन सार्ने तयारी
    images

    काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको मिति केही दिन पर धकेल्ने तयारी गरेको छ। मौसमको कारण क्षेत्रीय अधिवेशन समेत प्रभावित भएकाले महाधिवेशन सार्ने तयारी गरेको हो।

    कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटनको तयारी गरेको थियो।

    मौसमको कारणले जनजीवन प्रभावित भएकाले महाधिवेशनको मितिबारे केही दिन पर सार्नसक्ने प्रवक्ता देवराज चालिसेले बताए। उनका अनुसार महाधिवेशनको मितिबारे भोलि शीर्ष तहमा छलफल हुँदैछ।

    उनले भने, ‘बाढीपहिरो जनजीवन प्रभावित भएपछि हाम्रो राजनीतिक कार्यक्रमलाई पनि प्रभाव पारेको छ, क्षेत्रीय अधिवेशन सकिएका छैनन्। त्यसैले भोलि जिल्लाजिल्लाको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्छौँ, सम्भवत भोलि नयाँ सूचना आउँछ।’

    उनले पार्टीको विधान र अदालतको आदेशलाई मध्यनजर गरेर निर्णय लिने बताए। बढीमा एक साताभन्दा पर नधकेल्नेगरी छलफल भइरहेको जनाईएको छ।

    उता पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा गर्नेगरी समानान्तर महाधिवेशनको तयारी गरेको छ।

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १९:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij