Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज साझा र विवेकशीलको दोस्रो पटकको एकता, कमजोरी सच्याउने सहमति

आज साझा र विवेकशीलको दोस्रो पटकको एकता, कमजोरी सच्याउने सहमति


  • 8.3K
    Shares

    आज साझा र विवेकशीलको दोस्रो पटकको एकता, कमजोरी सच्याउने सहमति

    काठमाडौं – सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी विवेकशील नेपाली दल र साझा पार्टीबीच आज (बुधबार) दोस्रो पटक एकीकरण हुँदैछ ।

    विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी दुवै पार्टीबाट बराबर सहभागिता रहनेगरी मिलाइएको बताइएको छ ।

    आज (बुधवार) बिहान १० बजे साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

    साझा पार्टीका संयोजक रविन्द्र मिश्रका अनुसार अपराह्न साढे ३ बजे भर्चुअल रुपमा एकीकरणको घोषणा गर्ने तयारी गरिएको छ । पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।

    के – के छन् सहमति ?

    - एकीकृत पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

    - साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् ।             यद्यपि, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

    - सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख             गरिएको छ ।

    - तर विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् । 

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - ११:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij