Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

शेयर बजारमा उछाल, कारोबार रकम पनि साढे १३ अर्ब माथि

शेयर बजारमा उछाल, कारोबार रकम पनि साढे १३ अर्ब माथि


  • 1.6K
    Shares

    शेयर बजारमा उछाल, कारोबार रकम पनि साढे १३ अर्ब माथि
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २,७७२ को विन्दुमा कायम भएको छ । 

    आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ३२ करोड माथिको शेयर कारोबार भएको छ ।

    11.JPG

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १५:३१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij