Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि


  • 3.9K
    Shares

    गण्डक ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि
    images

    नवलपरासी । पश्चिम नवलपरासीको गण्डक ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।

    ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिनुभयो ।

    यारेज जीर्ण भएका कारण ४ लाख क्यूसेक कटेपछि उच्च जोखिम मानिने उहाँले बताउनुभयो । पानीको सतह अझै बढे बि ग्याब बांध फुटन सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उहाँले बताउनु भयो ।

    पानीको सतह बढेपछि पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । जोखिम बढेपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।

    यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

    जोखिम क्षेत्रमा तत्काल उद्धार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १५:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij