२०८२ भाद्र २५ गते बुधवार
जनकपुरधाम । रौतहटमा एक ६५ वर्षीया वृद्धामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट घाइते गरि घाइते बनाइएको छ ।
माधवनारायण नगरपालिका वडा-५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी सन्दीप महरासहितको समूहले शनिबार अप्रत्याशित ढंगले आक्रमण गरी कुटपिट गरेको पीडित परिवारजनको आरोप छ ।
पीडित श्रीपतीकी छोरी सुनिता देवीले शनिबार आफ्नो घरबाट शिवनगरस्थित शिव मन्दिर जानेक्रममा बाटोमा सन्दीप र उनका साथमा रहेका केही अन्य व्यक्तिहरूले मिलेर भाटा लाठीले क्रूरतापूर्वक निर्घात किसिमले शरीरको विभिन्न कुटपिट गरेका थिए ।
निर्घात कुटपिटबाट श्रीपतीको टाउको, हात, कानलगायत शरीरका सबै भागहरूमा चोट लागेको छ । उनको टाउकोमा ८–१० ठाउँमा फुटेको, शरीरको जताततै घाउ छ ।
कुटाइबाट उनका दुवै आँखा सुन्निएर बन्द भएका छन् । उनी अहिले पनि अर्धचेत अवस्थामा छिन् । प्रहरीले घटनास्थलबाट उनलाई कुटपिट गर्नको लागि प्रयोग गरिएको भाँचेको भाँटाहरूको मुट्ठा नै बरामद गरेको छ । कुटपिट गर्दा घाइते भई बेहोस भएर ढलेपछि मर्यो भनेर सो समूहले उनलाई त्यहीँ छोडेर फरार भए ।
स्थानीयले देखेर उद्धार गरी चन्द्रपुर ४ स्थित सिभिल अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए । उपचारको क्रममा उनको टाउकोलगायत शरीरका १० ठाउँमा ३०० टाँका लगाउनु परेको उपचारमा संग्लन अस्पतालका मेडिकल अफिसर डाक्टर हरिशंकर मण्डलले जानकारी दिए ।
घटनाको सुचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ ।
घटनाका मुख्य आरोपी महरासहित घटनामा संलग्नहरू फरार रहेका छन् । प्रहरीले पीडितको जाहेरीको आधारमा महराका बुबा जंगीलाल महरालाई तत्कालै नियन्त्रण लिई सोधपुछ गरिरहेको छ । प्रनाउ श्रेष्ठले फरार रहेका महराको खोजी कार्य भइरहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij