Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको प्रस्ताव

विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको प्रस्ताव


  • 1.0K
    Shares

    विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको प्रस्ताव
    images

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ।

    बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरियतामा राख्ने गरी सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको हो।

    सचिवालयले गरेको उक्त प्रस्ताव अब ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।

    केन्द्रीय कमिटी बैठकले सचिवालयको प्रस्तावमाथि निर्णय गर्ने एमालेले जनाएको छ। भण्डारीलाई पार्टीको संगठनात्मक संरचनामा पुनः सक्रिय भूमिकामा ल्याउने विषय यसअघि पनि एमालेभित्र चर्चामा रहँदै आएको थियो।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १५:१०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij