२०८२ भाद्र २५ गते बुधवार
आमाबाबुले कुकुर नकिनिदिएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् । यो घटना भारतको आंध्र प्रदेशको हो ।
विशाखापट्नमका १६ वर्षीय षणमुख वामसीले घरको कोठामा रहेको फ्यानमा झुण्डिएर आत्महत्या गरेका छन् । षणमुखले ३० हजार रुपैयामा कुकुर किन्न खोजेका थिए । आमाबाबुले कुकुर नकिन्दीएपछि उनले आत्महत्या गरेका हुन् ।
षणमुखले सो कुकुर एक अनलाईन वेबसाइटमा देखेका थिए । षणमुखका आमा बाबु सामान किन्न बजार गएका थिए । षणमुख घरमै थिए । तर उनीहरु बजारबाट घर फर्कीदा षणमुख कोठामा रहेको फ्यानमा झुण्डिरहेका थिए । षणमुखलाई परिवारले तत्काल अस्पताल लगेका थिए तर डाक्टरले उनलाई मृत घोषण गरिदिए । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij